आज बक्र ईद, मुस्लिमहरूको महान चाड, उनीहरुलाई रमाईलो छ, अन्यथा नलिइए, बरखी बारेर बसेका मान्छेझै सेतै जताततै । 'वासिम जावेद' मेरो एउटा साथी हो, उ पनि आज सेतै देखिएको छ, मुहारमा उमंग, बडो खुसीयाली, परिवार टाढा भएपनि अल्लाहले उनीहरुलाई सान्तवना दिएर होला यतिधेरै खुसी देखिएका छन् ।
बिहानै 'मेस' मा गएको, ठाटिएर देखा परेका जावेदले परैबाट हात हल्लाउदै भने 'ईद मुवारक Û' जवाफमा मैले पनि 'ईद मुवारक Û' भन्दिए । मलाई अरुहरुको चाडबाडमा त्यति धेरै चासो नलागे पनि उनीहरुको रमझम देखेर नेपालमा हामीले विभिन्न चाड मनाएझै केही रमाइलो अनुभव पनि भइरह्यो । सम्भिmए, परिवार, आफन्त सबैलाई, मनमनै उनीहरुलाई पनि भन्दिए 'ईद मुबारक Û' । उनीहरुलाई के ईद, के रमजान Û म पो यहाा ईद र रमजानभित्र थिएा, नबुझे पनि ....
No comments:
Post a Comment